आज बाह्र-हाते पटुकीको [ája bára háte paTukiko] lyrics
Songs
2026-01-11 06:14:37
आज बाह्र-हाते पटुकीको [ája bára háte paTukiko] lyrics
आज बाह्र-हाते पटुकीको कुरा गर मायालु
बाँधी कम्मर भाँच्न मन लग्यो
तिम्रो रोदी-घर, मारूनीको कुरा गर मायालु,
मलाई छम्छम् नाँच्न मन लाग्यो
ए, परदेसी तिमीसँग चोखो साइनो गाँस्न मन लाग्यो,
मलाई छम्छम् नाँच्न मन लाग्यो
दोहोरीमा कुरा गर्छौ
मादलुको तालमा हिंड्छौ
तिमी लाउँछौ मोहनी
हिंउचुलीको सङ्लो पानी
सङ्लो मनको सङ्लै बानी
मलाई मन पर्यो त्यो पनि
नाइँ नभन, तिमीसँग सँगै मर्न बाँच्न मन लाग्यो
मलाई छम्छम् नाँच्न
नौमती र पञ्चेबाजा
बज्छ मनमा लाग्छ लाज
आज मलाई किन हो?
रमाइलो तिम्रो गाउँ
घुम्टो ओडी कहिले जाऊँ
आऊ, चाँडै लिन हो!
कहिले ल्याउँछौ डोली?
दिन गन्दै
औंला भाच्न मन लाग्यो
- Artist:Sadhana Sargam
- Album:Muglan (movie)