Moscas en la casa [Nepali translation]

  2024-05-14 03:59:27

Moscas en la casa [Nepali translation]

मेरो दिनहरु तिमी नहुँदा कति अँध्यारो छन्

कति लामो छन्, कति कालो छन्

मेरो दिनहरु

मेरो दिनहरु तिमी नहुँदा काम न काजको

कति तितो, कति गाह्रो

मेरो दिनहरु

मेरो दिनहरुमा रात छैनन्

अनि भए पनि

सुत्‍नुको अर्थ छैन

मेरो दिनहरु तिमी नहुँदा बेकारको छन्

समयको सुरु र अन्त्य छैन

हावा नभएकोजस्तो

रित्तोपनले भरिएकोजस्तो

काम नलाग्‍ने कबाडजस्तो

जमिनको फोहोर जस्तो

झिंगाहरु घरमा भएको जस्तो

मेरो दिनहरु तिमी नहुँदा आकाशजस्तो

तर चन्द्रमा नभएको

अनि घामको टुक्रो पनि नभएको

मेरो दिनहरु तिमी नहुँदा एउटा 'इको' को आवाजजस्तो

जसमा सधैँ एउटै गीत बजिरहन्छ

हावा नभएकोजस्तो

रित्तोपनले भरिएकोजस्तो

काम नलाग्‍ने कबाडजस्तो

जमिनको फोहोर जस्तो

झिंगाहरु घरमा भएको जस्तो

ढुङ्गाहरु खुट्टाले उछिट्याउँदै

अझै आस गर्दै छु तिमी आउँछौ कि भन्दै

अझै वृद्धहरुको अनुहारमा

बालापनको टुक्रा खोज्दै छु

जीवनसित फेरि योग होला भन्‍ने

कारणहरु बटुल्दै छु

नङ टोक्दै छु, आँसुमा डुब्दै छु

तिमीलाई सम्झिदै छु

मेरो दिनहरु तिमी नहुँदा

मेरो दिनहरु तिमी नहुँदा

कति दुखाउँछन् मेरो दिनहरु तिमी नहुँदा

  • Artist:Shakira
  • Album:¿Dónde están los ladrones? (1998)
Shakira more
  • country:Colombia
  • Languages:Spanish, English, French, Portuguese+4 more, Arabic, Zulu, German, Catalan
  • Genre:Dance, Latino, Pop, Pop-Rock, Rock, Singer-songwriter
  • Official site:http://www.shakira.com/
  • Wiki:https://es.wikipedia.org/wiki/Shakira
Shakira Lyrics more
Shakira Featuring Lyrics more
Shakira Also Performed Pyrics more
Excellent recommendation
Popular