प्रियसीका यादहरु [Priyasikaa yaadharu] [Transliteration]
Songs
2026-01-14 19:51:50
प्रियसीका यादहरु [Priyasikaa yaadharu] [Transliteration]
प्रियसीका यादहरु कोरिएको मुटु
एकान्तमा आज यहाँ फुकाएर हेरें
पिरतीका घातहरु भरिएको मुटु
रसिएका दुई आँखालाई सुकाएर हेरें
प्रियसीका यादहरु
जीवन यहाँ जताततै अंगालेको कथा जस्तै
यहाँ मुटु चारैतिर भंगालेको व्यथा जस्तै
आफ्नै पाइला आफ्नै बाटो संगालेको जेथा जस्तै
प्रियसीका यादहरु
सम्झनाका छाँयाहरु छाती भरि धुंवा जस्तै
तिर्खाएको पानीलाई नमेटिने कुंवा जस्तै
वास खोज्दै उडी हिड्ने सिमलको भुवा जस्तै
प्रियसीका यादहरु कोरिएको मुटु
एकान्तमा आज यहाँ फुकाएर हेरें
प्रियसीका यादहरु
- Artist:Narayan Gopal