Tú [Nepali translation]

Songs   2024-05-16 16:45:02

Tú [Nepali translation]

तिमीलाई मेरो कम्मर दिन्छु

अनि मेरो ओठ दिन्छु चाहेको बेला चुम्नलाई

तिमीलाई मेरो पागलपन दिन्छु

अनि मसित बचेखुचेका केही नसाहरु*

मेरो रङ्ग मेटिएको जुत्ता दिन्छु

मेरो डायरी

मेरो सास, मेरो सात्तो

तर अब टाढा नगइदेऊ

किनकि तिमी मेरो घाम हौ

मेरो बाँच्ने विश्वास हौ

मेरो स्वरपछाडीको शक्ति हौ

मेरा हिँड्ने खुट्टा हौ

तिमी हौ, ए माया

मेरो हाँस्ने इच्छा हौ

अनि विदाई, जुन मलाई भन्ने मन छैन

किनकि तिमी नभई बाँच्न सक्नेछैन

कुनै दिन विचार गर्यौ भने

यहाँबाट फेरी टाढा जाने भनेर

म सबै ढोका थुनिदिउँला

तिमी कहिल्यै भाग्न नसक्नेगरी

तिमीलाई मेरो मौनता दिन्छु

तिमीलाई मेरो नाक पनि दिन्छु

मेरा हड्डी समेत दिन्छु

तर यतै बस न!

किनकि तिमी मेरो घाम हौ

मेरो बाँच्ने विश्वास हौ

मेरो स्वरपछाडीको शक्ति हौ

मेरा हिँड्ने खुट्टा हौ

तिमी हौ, ए माया

मेरो हाँस्ने इच्छा हौ

अनि विदाई, जुन मलाई भन्ने मन छैन

किनकि तिमी नभई बाँच्न सक्नेछैन

  • Artist:Shakira
  • Album:¿Dónde están los ladrones? (1998)
Shakira more
  • country:Colombia
  • Languages:Spanish, English, French, Portuguese+4 more, Arabic, Zulu, German, Catalan
  • Genre:Dance, Latino, Pop, Pop-Rock, Rock, Singer-songwriter
  • Official site:http://www.shakira.com/
  • Wiki:https://es.wikipedia.org/wiki/Shakira
Shakira Lyrics more
Shakira Featuring Lyrics more
Shakira Also Performed Pyrics more
Excellent Songs recommendation
Popular Songs
Artists
Songs